१२ अर्ब बढी ऋण विश्व बैंकले नेपाललाई दिने

World Bank on glass building. Mirrored sky and city modern facade. Global capital, business, finance, economy, banking and money concept 3D rendering animation.

काठमाडौं । विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १० करोड डलर अर्थात १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ ऋण सहायता दिने भएको छ ।
हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले नेपालको स्वास्थ्य गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो । सो निर्णयसँग विश्व बैंकले करिब १२ अर्ब ९१ करोड ६३ लाख नेपाली रूपैयाँ बराबरको ऋण सहायता दिने भएको हो ।
स्वास्थ्य बिमा बोर्ड, कोशी र गण्डकी प्रदेशका प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य मन्त्रालयले यो बजेट खर्च गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here