काठमाडौंका विद्यालयहरुमा राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम गर्न प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयभित्र राजनीतिक कार्यक्रमहरु गर्न प्रतिबन्ध लगाएको छ । सबै विद्यालयहरुलाई परिपत्र गर्दै महानगरपालिकाले केही विद्यालयमा राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भएको जनाएको छ ।
विद्यालयमा हुने गरेका राजनीतिक कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै महानगरपालिकाले अब विद्यालयभित्र यस्ता कार्यक्रम गर्न नदिन विद्यालयहरुलाई निर्देशन दिएको छ ।
‘कुनैपनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ,’ महानगरले पत्रमा भनेको छ । अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here