रुबिभ्याली गाउँ प्रहरीलाई नियुक्त पत्र प्रदान तथा सफथ ग्रहण सम्पन्न

धादिङ । रुबिभ्याली गाउँपालिकाले केही समय अघि छनोट गरिएका गाउँ प्रहरीलाई सोमबार नियुक्त पत्र प्रदान गर्नुको साथै सफथ ग्रहण गराएको छ ।

गाउँपालिकाले गाउँ प्रहरी सहायक निरीक्षक १ जना , हवल्दार १ जना र जवान ५ जना सहित जम्मा ७ जनाको करार दर्वन्दी सेवा माग गरेको थियो ।

गाउँपालिका भित्र हुने विभिन्न अपराध, गैरकानुनी रुपमा हुने कार्यहरु रोकथाम, पालिकाको सिमामा विशेष निगरानी सहित सुरक्षा र आन्तरिक तथा वाह्य पर्यटकहरूलाई सुरक्षित महशुस गराउनका लागि गाउँ प्रहरी सेवा ल्याइएको गाउँ पालिका प्रमुख रामसिङ तामाङ बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here