नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ । “प्राबिधिक धार तथा क्याम्पसको दिगोपन” सम्बन्धि नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसमा एक दिने अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा क्याम्पसका संचालक समितिका अध्यक्ष सुमन धरेलको अध्यक्षतामा, धादिङ जिल्ला क्षेत्र न .२ का माननीय रामनाथ अधिकारीको प्रमुख अतिथि त्यस्तै विशेष अतिथिहरुमा पुर्ब संविधान सभा सदस्य तथा पुर्ब क्याम्पस संचालक समिती अध्यक्ष पुर्ब माननीय पुस्प बिक्रम मल्ल ,त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती एबं उपाध्यक्ष देबराज धरेल, पुर्ब सल्लाहकार हरि पन्त लगायत अतिथिमा निलकन्ठ बहुमुखी क्याम्पसका प्रमुख नबराज शर्मा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

क्याम्पस प्रमुख हरिकृष्ण सिटौलाले कार्यक्रमको स्वागत मन्तव्य मार्फत क्याम्पसमा प्राविधिक धार संचालनको सम्भावना र चुनौती सहित क्याम्पसको गतिविधिहरुको बारेमा बताउनु हुदै कार्यक्रममा सहभागी भै अमुल्य सल्लाह सुझाव दिनु भएकोमा सम्पुर्ण सहभागी ब्याक्तित्वहरुलाई आभार व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here