कोरोना संक्रमित एक महिलाको मृत्यु

वैशाख – ३ । कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ ।

धनगढी स्थित सेती  प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध  महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका वरिष्ट जनरल फिजिसियन डा। शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो ।
उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here