प्रथम राम बहादुर तामाङ(सेक्के)स्मृति कप सम्पन्न: प्रथम खनियाबास गाउँपालिका हुन सफल

धादिङ । धादिङका सबै स्थानीय तह र नुवाकोटको मेगाङ गाउँपालिका सहितको पालिका स्तरीय प्रथम राम बहादुर तामाङ(सेक्के)स्मृति कप सम्पन्न भएको छ ।

खेलमा प्रथम बिजेता ,खनियाबस गाउँपालिका ,दोश्रो रूबीभ्याली गाउँपालिका र तेस्रो सिद्दलेख गाउँपालिकाहरु हुन सफल भएका छन ।
त्यस्तै पहिलो हुने टिमले रु.१लाख नगद सहित मेडल,प्रमाण पत्र प्राप्त गरेका छन , भने दोश्रो हुन सफल टिम रूबीभ्याली गाउँपालिकाले नगद रु ७५ हजार मेडल प्रमाणपत्र प्राप्त गरेका छन र तेश्रो हुन सफल सिद्दलेख गाउँपालिकाले रु. ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

खेलको समापन कार्यक्रममा खनियाबस गाउपालिकाका अध्यक्ष रण बहादुर तामाङको प्रमुख आतिथ्यता एबं बिशेष अतिथि गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, लगायत वडा अध्यक्षहरुको उपस्थित रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here