पिशोन ख्रिस्टियन संयुक्त सङ्गति द्वारा धादिङ बेसिमा इस्टर सन्डेको अवसरमा र्‍यालीको आयोजना

काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आइतबार इस्टर सन्डे मनाएका छन् । त्यस्तै पिशोन ख्रिस्टियन संयुक्त सङ्गतिको आयोजनमा यशु खिस्टको पुनाउत्थान दिवसको अवसरमा आइतबार धादिङ बेसिमाको पुछार बजार बाट सुरु गरी सिरान बजार सम्म विजय र्‍यालीको आयोजना गरिएको छ ।
इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रवारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो । 

इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here