म्यागाङ गाँउपालिका नुवाकोटमा पर्यटन प्रवर्द्धन तथा अध्ययन अवलोकन कार्यक्रम सम्पन्न

नुवाकोट । गणेश हिमाल पर्यटन बिकास समिति काठमाडौंको सहकार्यमा म्यागाङ गाँउपालिका द्वारा आयोजित पर्यटन प्रवर्द्धन तथा अध्ययन अवलोकनको दुई दिने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा गणेश हिमाल पर्यटन बिकास समितिका अध्यक्ष टेक खाकुरेल, गणेश हिमाल पर्यटन बिकास समितिका सचिव सुक तामाङ, गणेश हिमाल पर्यटन बिकास समितिका कार्यसमितिका सदस्य हेम कार्की, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल(TAAN) का अध्यक्ष अम्बिर गुरुङ,बिशेषज्ञ डाक्टर प्रेम शर्मा,पत्रकार कुमार चौलागाईं पत्रकार ,अनिश तामाङ,मेघाङ गाऊँपालिका अध्यक्ष आशा तामाङ,उपाध्यक्ष सीता तामाङ स्थानीय वडा अध्यक्षहरु,खनियाबास अध्यक्ष रण बहादुर तामाङ, गणेश हिमाल पर्यटन विकास समितिका सल्लाहकार सीता लामा गुरुङ,सोम ब.गुरुङ , लगायतको उपस्थितिमा समापन भएको हो ।

प्रमुख अतिथि आशा तामाङले कार्यक्रमका मुख्य लक्ष्य भनेको नुवाकोट लगायत अन्य जिल्लामा पनि पर्यटकको सम्भावना रहेको ठाउमा पर्यटक प्रवर्द्धन गर्ने अध्यक्ष तामाङले बताएका हुन , त्यस्तै उपाध्यक्ष सीता तामाङले पनि पर्यटक प्रवर्द्धनले देश को अर्थतन्त्रमा सुधार ल्याऊन सक्ने सजिलो मध्यम रहेको बताउनु भएको थियो ।
त्यस्टै खनियाबासका प्रमुख रण बहादुर तामाङले पनि पर्यटक प्रवर्द्धन आवश्यक रहेको हुनाले आफूले आगामी दिन पर्यटक प्रवर्द्धनको कार्यक्रममा ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
त्यस्तै गंगाजमुनाका अध्यक्ष भक्त लामाले पनि पर्यटन प्रवर्द्धनको कार्यक्रम निकै सकारात्मक रहेको बताउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here