नक्कली नोट सहित धादिङबेशीमा बिकास नेपाली पक्राउ

धादिङ, १६ – चैत । गत मंगलबार धादिङ नीलकण्ठ नगरपालिका वडा नं.३ धादिङबेशी बिचजारमा अवैध रुपमा नेपाली हजार दरको नक्कली नोट (खोटा मुद्रा) हरुको चलन तथा बिक्री बितरण गर्नका लागि धादिङबेशी बजारमा हिंडडुल गर्दै गरेको छ भन्ने गोप्य सुचना प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी टोली खटिई जिल्ला धादिङ गंगाजमुना गाँउपालिका वडा नं.६ घर बताउने बिकाश नेपालीको शरिर खानतलासी लिंदा निजले लगाएको ज्याकेटको भित्री गोजीमा झट्ट हेर्दा सक्कली जस्तै देखिने हजार दरको दुई वटा नेपाली रुपैयाँ फेला पारी निज बिकाश नेपालीलाई पक्राउ गरिएको हो ।

खोटा चलन मुद्दामा धादिङ जिल्ला अदालतबाट चार दिन को म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here