धादिङ । एमालेले मिसन ग्रासरुट अभियान अन्तर्गत धादिङ जिल्लाका विभिन्न वडाहरुमा विस्तारित बैठकहरु संचालन गरिरहेको छ।
खनियाबस गाउँपालिका मिसन ग्रासरुट अभियान अन्तर्गत खनियाबस गाउँपालिका वडा नम्बर १ को जोङमा मंगलबार पार्टीको वडा स्तरीय विस्तारित भेला तथा बैठक सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न वडा स्तरीय बिस्तारित बैठकमा नेकपा एमाले प्रदेश कमिटि अध्यक्ष भुमि त्रिपाटी , नेकपा एमाले जिल्ला कमिटि सदस्य इमान तामाङ , गाउँपालिका कमिटिका अध्यक्ष पन्थ तामाङ वडा कमिटीका अध्यक्ष रामप्रसाद तामाङ,पद्मम तामाङले सम्बोधन गर्दै पार्टी निर्माणको वृहत अभियानमा सहभागि हुन पार्टी कार्यकर्ताहरुलाई आग्रह गरिएको टेक ब.तामाङले होराईजन खबरलाई
जानकारी दिनु भएको हो ।