नेपालमा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै: आज थप ६९ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालका पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । 
स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
पछिल्लो २४ घण्टामा ४ सय ८८ पिसिआर परिक्षण गरिएकोमा २५ जना र ७ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा कोरोनाका संक्रिय संक्रमित ६६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here