राप्रपा धादिङ द्वारा अनुदान कटौती तथा मुल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापन पत्र पेस

धादिङ । राप्रपा धादिङ द्वारा अनुदान कटौती तथा मुल्यवृद्धि तत्कालै फिर्ता लिन माग गर्दै धादिङका जिल्ला सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

राप्रपा जिल्ला अध्यक्ष ध्रुव खनाल, उपाध्यक्ष श्याम सिं ठकुरी,राम ब.तामाङ,चन्द्र तामाङ,हरि तामाङ,टोम तामाङ, सिंह बहादुर तामाङ, पेम्बा घले,शान्ति गुरुङ लगायतको नेता कार्यकर्ताहरुहरुको सहभागीतामा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख रामहरि शर्मा समक्ष ज्ञापन पत्र बुझाएको हो ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मंत्रालयले रसायनिक मलमा पाउदै आएको अनुदान घटाउने र मुल्य वृद्धि गर्ने निर्णय अदूरदर्शिता,अनुचित,अमा भएको भन्दै ज्ञापन पत्र बुझाएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here