टन्सिल रोग कस्तो किसिमको रोग हो ? यस्ता छन् लक्षण र बच्ने उपायहरु

काठमाडौं । मौसम परिवर्तनसँगै हिजोआज धेरैमा, घाँटी दुख्ने, घाँटी खस्खसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो हुने जस्ता समस्या देखिने गर्दछ। अझै यस सिजनमा धेरै जना टन्सिलको समस्याले धेरै जनालाई सताउने गर्दछ। हाम्रो मुखको पछिल्लो भागमा रहेको एक जोडी अण्डाकार मासुको डल्लोजस्तो अंगलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो। यो मुखको भित्री भाग तथा जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा हुन्छ।
यसले अंगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। जसले श्वास प्रश्वास वा खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्ने किटाणुलाई रोक्ने काम गर्दछ। यही टन्सिलमा चिसो, धुलो, धुवाँ र मौसमी ब्याक्टेरियाको संक्रमणका कारण समस्या देखियो भने हामीले यसलाई टन्सिल भयो भन्ने गर्छौं तर, यसलाई मेडिकल भाषामा टन्सिलाइटिस भन्ने गरिन्छ। मुख र दाँतको राम्रो सफाइ नगर्नु, कुपोषण तथा वातावरणीय प्रदूषणका कारण पनि टन्सिलको समस्या हुन सक्छ भने ब्याक्टेरियाको कारणले पनि टन्सिल हुन्छ।
सामान्य ब्याक्टेरियाहरूमा हेमोलाइटिक स्ट्रेप्टोकोकस, स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस आदि पर्छन्। टन्सिलको समस्याबाट सबैभन्दा धेरै बालबालिका र किशोरवस्थाका मानिस पीडित हुने गर्दछन्। साना नानीहरु जस्ले यस्तो समस्याबारे बताउन सक्दैनन्,त्यस्ता नानीहरुले खाना खान नमान्ने, मुखबाट र्याल निकाल्ने,झागडा गर्ने र ज्वरो आउनेजस्ता लक्षण देखाउँदछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here