मानसिक तनावबाट जोगिने उपायहरु : डा. ऋचा अमात्य

काठमाडौ । तनाव भनेको यस्तो अवस्था हो, जसले हाम्रो दैनिक जीवनको शारीरिक र मानसिक अवस्थामा बाधा पुर्‍याउँछ।
हामीले सोचे वा चाहे अनुसार कुनै पनि परिस्थिति नभएमा तनाव हुने गर्छ।
तनावको विभिन्न लक्षणहरु हुन्छन्। हरेक मानिसलाई एकै प्रकारको लक्षण देखिन्छ भन्ने हुन्न।  कसैलाई टाउको झुम्म हुने, कसैलाई श्वास फेर्न गाह्रो हुने, मुटु ढुकढुक हेन, पाचन प्रणालीमा समस्या हुने, कसैलाई निन्द्रा नलाग्ने कसैलाई भोक नलाग्ने खालका लक्षणहरू देखिन्छन्।
यदि तनावलाई हामीले समयमै नियन्त्रणमा ल्याउन सकेनौं भने विभिन्न किसिमका शारीरिक र मानसिक रोग लाग्न सक्छ। 
शारीरिक रोग अन्तर्गत मधुमेह, मोटोपना, प्रेसर लगायतका रोग लाग्छ। 
यदि तपाईँले मधुमेह, प्रेसरलगायतका रोगको औषधि खाइरहनुभएको छ तर तनाव धेरै बढ्यो भने औषधि खाँदा पनि सुगर, प्रेसर नियन्त्रणमा नआउने हुन्छ। 

मानसिक रोगको कुरा गर्दा, तनावको कारण विभिन्न किसिमका रोगहरु एन्जाइटी, डिप्रेसन र पालगपन जस्तो समस्या देखिनसक्छ।
मानसिक तनाव बढी भयो भने निन्द्रा लाग्दैन, निन्द्रा लाग्न गाह्रो हुन्छ अथवा बिच-बिचमा बिउँझने हुन्छ। कसैलाई भोक नलाग्ने अनि कसैलाई धेरै भोक लाग्ने हुन्छ।
कसै कसैको व्यवहारमा परिवर्तन आउने हुन्छ। हाँसीखुशी रहने व्यक्ति अचानक चुप लाग्छ, कोठामा एक्लै बस्न खोज्छ भने त्यो पनि मानसिक रोग हुनसक्छ। 
यदि कसैलाई तनावको कारणले गर्दा मानसिक रोग लागेको छ भने कोपिङ मेकानिजमको आधारमा समेत पत्ता लगाउन सकिन्छ।
मानसिक तनावको उपचार विधि काउन्सिलिङ र औषधि नै हो। आफूलाई तनाव भएको छ भने स्वीकार्नु पहिलो चरण हो।
आफूले जानेको भरपर्दो मान्छेसँग कुरा गर्दा पनि मानसिक तनाव कम हुन्छ। त्यस्तो गर्दा भएन मानसिक रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ। आवश्यक परेमा औषधिसमेत खानुपर्छ। घरमै उपचार गराउन पनि सकिन्छ। उपचार विधिमा ब्रीदिङ र रिल्याक्सेसन थेरापी पर्छ।
मानसिक तनाव हुन नदिन यहीँ प्रक्रिया अपनाउनुपर्छ भन्ने छैन। कसैलाई एउटा अवस्थामा तनाव हुन्छ भने कसैलाई त्यहीँ अवस्थामा तनाव नहुन सक्छ। 
भन्न त तनाव लिन हुँदैन भन्ने गरिन्छ तर तनाव नलिउ भन्दैमा तनाव नहुने होइन। दैनिक जीवनमा कुनै पनि बेला तनाव आउँछ भनेर सोच्नुपर्छ। त्यस्तो बेला कसरी यसलाई समाधान गर्ने भनेर समेत सोच्नुपर्छ। 
यसका लागि तनाव भयो भने आफूले यसलाई स्वीकार्नु र आफ्ना विश्वाशीला मान्छेलाई भन्नु हो। त्यस्तै मानसिक रोगको उपचारका लागि चिकित्सकसँग सल्लाह लिनुपर्छ भने औषधि समेत खानुपर्छ।
साभार: सेतोपार्टी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here