नेत्रावती हेल्थ केयर एण्ड रिसर्च सेंटरमा भएको स्वास्थ शिविरमा ४८४ जनाले स्वास्थ सेवा लिए

धादिङ । १५ औ बार्षिक बिसेसज्ञ सेवामा किम्ताङफेदी स्थित नेत्रावती हेल्थ केयर एण्ड रिसर्च सेंटरमा भएको स्वास्थ शिविरमा ४८४ जनाले स्वास्थ सेवा लिएका छन ।

उद्घाटन समारोहमा नेत्रावती डब्जोङ गाउँपालिका वडा न. १ का वडा अध्यक्ष ठाकुर गुरुङको प्रमुख आतिथ्य एबं वडा न. ४ का वडा अध्यक्ष प्रेम घलेको विशेष आतिथ्य तथा संस्थाका प्रमुख डाक्टर प्रेम फुयाल द्वारा उद्घाटन गरिएको थियो ।

विशेष छुटमा काठमाडौका १० जना भन्दा बढी बरिष्ठ विशेषज्ञ डाक्टरहरु द्वारा फागुन २० गते स्वास्थ शिविर सम्पन्न भएको थियो । शिविरमा महिला ३२९ जना र पुरुष १५५ जना गरि जम्मा ४८४ जनाले स्वास्थ सेवा लिएको डाक्टर प्रेम फुयाल जानकारी गराउनु भयो ।

शिविरमा मुटु रोग, आँखा रोग, नाक, कान,घाटी, मृगौला, छाला रोग, पेट, मानसिक रोग, हार्ड जोर्नी लगायतको चेकजाच गरिनुको साथै भिडियो एक्सरे समेत गरिएको थियो । भने निशुल्क, सुगर, पिसाब तथा खकार चेकजाँच गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here