काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया आजै सुरु गर्ने बताएका छन् ।
राष्ट्रपति निर्वाचनबारे ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रमबाट बाहिरिने क्रममा उनले भने, ‘हेर्दै जानुहोला, यो गठबन्धन ५ वर्ष टिक्छ । मन्त्रिपरिषद् विस्तार प्रक्रिया आजै सुरु गर्छु ।’
राष्ट्रपति चुनाव आगामी फागुन २५ गते हुँदै छ । ८ दलीय गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता पौडेल र नेकपा एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ राष्ट्रपति चुनावमा प्रतिस्पर्धामा छन् ।