भोलिबाट राष्ट्रिय लोक तथा दोहोरी गीतप्रतिष्ठान नेपालको केन्द्रिय महाधिबेशन धादिङबेसीमाशुरु

धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८ औं केन्द्रिय महाधिबेशन भोलीबाट धादिङबेसीमा शुरु हुँदैछ ।
प्रतिष्ठानले बिहिवार धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशनको सम्पुर्ण तयारी सकिएको जानकारी गराएको हो ।
पुर्वी र पश्चिमी दुबै क्षेत्रका कला संस्कृतिलाई समेटेर धादिङमा कार्यक्रम गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताउनुभयो । उहाँले धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको स्पष्ट पार्नुभयो ।
महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ । फागुन १२ देखि १४ गतेसम्म हुने महाधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशनका लागि करिब एक हजार जना प्रतिनिधिहरु धादिङबेसीमा जम्मा हुनेछन् । धादिङबेसी, मलेखु र गजुरी बजारका होटलहरुमा बासको व्यवस्थापन मिलाइएको प्रतिष्ठान बागमती प्रदेश अध्यक्ष बासु सिंखडाले जानकारी दिनुभयो ।
कार्यक्रम उद्घाटनअघि सदरमुकाम धादिङबेसीमा विविध कला संस्कृतिहरु झल्काउने झाकीहरुसहित ¥याली गरिने प्रतिष्ठान बागमती प्रदेश उपाध्यक्ष कृष्ण शिशिर (ढकाल)ले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षद्वय दुर्गा रायमाझी, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष एवं चर्चित गायक बद्री पंगेनी, बरिष्ठ उपाध्यक्ष रिता थापा मगर, बागमती प्रदेशका अध्यक्ष बासु सिम्खडा लगायतका ब्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो । साथै पत्रकार सम्मेलनमा थुप्रै कलाकारहरु र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here