कांग्रेस र माओवादी केन्द्र पुरानै गठबन्धन ब्युँताउने तयारीमा

काठमाडौँ । गत पुस १० गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । यससँगै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको पाँचदलीय गठबन्धन टुटेको थियो । त्यसपछि माओवादी केन्द्रको नेतृत्वमा एमालेसहितको सरकार बनेको थियो ।  
यसैबीच, नयाँ गठबन्धन सरकार बनेको २ महिनामात्र बितिरहँदा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पुरानो गठबन्धन ब्यँताउने प्रयासमा जुटेका छन् । उनीहरूबीच बुधबार साँझ आज साँझसम्ममा पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ । कांग्रेस, माओवादी र समाजवादीबीच बुधबार भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको स्राेतले जनाएको छ । 
पूर्वसहमतिअनुसार माओवादी केन्द्रले एमालेलाई राष्ट्रपति दिन इन्कार गर्दै कांग्रेससँग हात अघि बढाएको हो । राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिनेगरी पुरानो गठबन्धन सम्बद्ध पार्टीहरू एक ठाउँमा आउने सहमति भएको बैठकमा सहभागी एक नेताको भनाइ छ ।
माधवकुमार नेपाल र उपेन्द्र यादवलाई पनि सँगै ल्याएर कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको छ  ।
साथै, डा सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटेर अघि बढ्ने बताइएको छ ।
पुरानो गठबन्धन ब्युँतिएपछि एमाले फेरि एक्लिने भएको छ । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here