गजुरी गाउँपालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

धादिङ । गजुरी गाउँपालिका स्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

१२ विद्यालयहरु सहभागी उक्त प्रतियोगितामा प्रथम श्री डोल भनज्यान माध्यामिक विद्यालय,५ च्याङली, दोश्रो श्री आदर्श माध्यमिक विद्यालय गजुरी-१ धादिङ र तेश्रो: श्री किरान्चोक माध्यमिक विद्यालयहरु हुन सफल भएका छन ।

समापन कार्यक्रमको सभाअध्यक्ष गाउँपालिका प्रमुख गणेश श्रेस्ठले गर्नु थियो भने प्रमुख आतिथ्य जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिङ लामाले गर्नु भएको थियो । त्यस्तै अतिथिहरुमा सुक तामाङ, क्रिकेट संघ धादिङका जिल्ला सचिव सन्दीप सापकोटा, अन्तराष्ट्रीया भालिबल खेलाडी सीता श्रेठ लगायत वडा अध्यक्षहरुको आतिथ्य रहेको होराजन खबर बरिस्ठ संबाददाता अनिस तामाङले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि तामाङले, खेलकुद प्रेमी खेलाडीहरुलाई राज्यले महत्वपूर्ण रूपमा हेर्नु पर्ने र त्यहीँ अनुसार सहयोग गर्नु पर्ने,अनि मात्रै खेल क्षेत्रमा खेलाडीहरुले छलाङ मार्न सक्ने बताउनु भयो ।

साथै गजुरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले खेलप्रेमी खेलाडीहरुलाई गाउँपालिकाले सक्ने हरेक कुरामा सहयोग गर्न पालिका तयार रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here