बलिउड फिल्म ‘पठान’ ले कमायो ९ सय करोड

काठमाडौ । बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘पठान’ ले छोटो समयमा सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ। 
यशराज फिल्म्सका अनुसार फिल्मले विश्वव्यापी रूपमा ९ सय १ करोड भारू कमाएको छ। फिल्मले भारतमा ५५८ करोड भारू ग्रस कमाएको छ भने अन्य देशबाट ३४३ करोड भारू ग्रस कमाएको छ।
जनवरी २५ मा प्रदर्शन भएको फिल्मले दर्शकको साथ पाउनुको साथै समीक्षकले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए।
यो फिल्मले रिलिज भएदेखि नै नयाँ-नयाँ रेकर्ड राख्दै आएको छ। 

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दिपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्।
निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here