पोखरामा दुर्घटनाग्रस्त एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटियो

पोखरा । दुर्घटनाग्रस्त यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ । 

आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ब्ल्याक बक्स उद्धारकर्मीले फेला पारेका हुन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको पुष्टि गरे। सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । 

भेटिएका शवलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ । तीमध्यये २६ जनाको मात्र पहिचान खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here