सल्यानटार गोल्ड कपको उपाधि आयोजक त्रिपुरासुन्दरी युवा समाजले जित्यो

धादिङ । धादिङको सल्यानटारमा आयोजित प्रथम सल्यानटार गोल्ड कपको उपाधी आयोजक त्रिपुरासुन्दरी युवा समाजले जितेको छ ।
आईतबार सम्पन्न खेलमा गोल्ड कपको फाईनलमा प्रतिस्पर्धी टिम रोयल सल्यानटार फुटबल क्लबलाई पराजित गर्दै आयोजक त्रिपुरासुन्दरी युवा समाजले उपाधी चुमे सँगै नगद १ लाख ५५ हजार ५५५ हात पार्न सफल भयो भने उप विजेतामा रोकिएको रोयल सल्यानटारले ६६ हजार ६६६ जितेको छ । फाईनल पुग्न सेमिफाईमा रोकिएको गणेश थान युवा क्वलका खेलाडी सर्जु गुरुङ ९ गोलका साथ सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए भने प्रतिगोगिता अवधिभर उत्कृष्ट गोलरक्षकको उपाधि आयोजक टिमका सदिप उप्रतीले पाए ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि धादिङका संघीय सांसद रामनाथ अधिकारी त्यस्तै विशेष अतिथिमा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डार, नेपाली कांग्रेसका नेता बासु तिमल्सिना, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल लगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here