नेपालको आर्थिक अवस्था सुधार उन्मुख: महंगी दर घट्यो

काठमाडौँ । नेपालको आर्थिक अवस्था थप मजबुद हुँदै गएको छ । महिनाअघिसम्म नकारात्मक रहेका आर्थिक परिसुचकहरु सकारात्मक र थप बलिया हुँदै गएको तथ्यांकले देखाएको छ ।
 
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत मंसिर मसान्तसम्मको तथ्यांक अनुसार मूल्य वृद्धि कम हुन थालेको छ । गत कात्तिक महिनामा ८.०८ प्रतिशत रहेको मूल्यवृद्धि मंसिर महिनामा घटेर ७.३८ प्रतिशतमा सिमित भएको छ । 
 
यस्तै, देशमा भित्र ने देशबाट बाहिरिने रकमको अन्तर (शोधनान्तर स्थिति) थप बलियो भएको छ । गत कात्तिक मसान्तसम्ममा २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति मंसिर महिनामा थप बलियो हुँदै ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । 
 
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको संचिति कम हुँदै गएपछि आयातमा कडाइ गर्न शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो । यस्तै, नेपाल सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्द नै लगाएको थियो । सरकारले लगाएको आयात प्रतिबन्द अहिले हटाइसकेको छ भने राष्ट्र बैंकले तोकेको आयातमा नगद मार्जिनको व्यवस्था पनि खुकुलो बनाउँदै लगेको छ । 
 
नेपाल राष्ट्र बैंक र सरकारको यस्ता नीतिगत कडाईको कारण शोधनान्तर स्थिति थप बलियो हुँदै गएको थियो । अवस्थामा थप सुधार हुँदै गएपछि सरकार पुरानै नीतिगत व्यवस्थातिर फर्कन लागेको छ ।
 
गत मंसिर मसान्तसम्मा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ बराबर रहेको नेपाल राष्ट्र बैंकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here