मुख्यमन्त्री जमकट्टेलले २ मन्त्रीसहित लिए शपथ

काठमाडाैँ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । 
 
प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्री जमकट्टेलले शपथ ग्रहण गरेका हुन् ।  मुख्यमन्त्री जमकट्टेलसँगै अन्य २ मन्त्रीले पनि शपथ लिएका छन् ।
 

नेकपा (एमाले)का जगन्नाथ थपलिया र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव थापाले मन्त्रीकाे शपथ लिएका हुन् । थपलिया आर्थिक मामिला तथा योजना मन्त्री तथा थापा बिनाविभागीय मन्त्री बनेका हुन् । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here