‘धादिङबेसी – सुनौलाबजार फोस्रटार’ सडक खण्ड पिचको निम्ति टेन्डर आह्वान

धादिङ, पुस – २० । धादिङबेसी – सुनौलाबजार फोस्रटार सडक खण्ड ( ठाँटी देखि सुनौलाबजार फोस्रेटार) पिचको लागि बागमती प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलद्वारा रू ३ करोड बिनियोजन भएकोमा जस्लाई प्रादेशिक सडक डिभिजन कार्यालयले टेन्डर आह्वान गरिएको नीलकण्ठ नगर उपमेयर दिपक बिस्वकर्मा बताउनु भयो । साथै उक्त बजेट बिनियोजनको निम्ति आफुले विशेष पहल गरेको उप मेयर बिस्वकर्माले सामाजिक संजाल मार्फत जानकारी गराउनु भयो ।

त्यसैगरी जमकट्टेल कै पहलमा प्रदेश सरकारको समसपुरक बजेट १ करोड ५० लाखमा नगरपालिकाको रू १ करोड ५० लाख थप गरि रु ३ करोडको ठेक्का सुचना प्रकाशित भैसकेको र संघीय सरकारको समसपुरक १ करोड ७० लाख मा नगरपालिकाको १ करोड ७० लाख गरि ३ करोड ४० लाखको इ्स्टिमेट सम्पन्न गरि टेन्डर प्रक्रिया अघि बढाउने तयारी एबं यसरी ९ करोड ४० लाखको काम हुंदा तारुखर्क पुग्ने छ । अझै बहुवर्षीय योजनाको रुपमा प्राथमिकतामा राखी फोस्रेटार सम्म पुर्याउन बजेट हाल्ने माननीय शालिकराम जमकट्टेलले प्रतिबद्धता व्यक्त गर्नु भएको बिस्वकर्माले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here