सन्दिप स्याम्चेन तामाङको नयाँ म्हेन्दोमाया गीत ‘ल्होछार खजी’ सार्वजनिक (भिडियो सहित)

धादिङ । नजिकिदै गरेको तामाङ हरुको महान पर्व सोनाम ल्होछार लाई लक्षित गर्दै तमु ल्होछारको अवसारमा शुक्रबार उत्तरी धादिङका पुरानो गायक एबं म्हेन्दोमाया कलाकार संघ धादिङका सस्थापक अध्यक्ष सन्दिप स्याम्चेन तामाङ र नव गायिका सन्जु लामाको ल्होछार खजी तामाङ म्हेन्दोमाया गित बजारमा सन्जु लामा अफिसियल यु टुब च्यानल मर्फत सार्वजनिक भएको छ ।

जसमा शब्द / स्वर सन्दिप स्याम्चेन र सन्जु लामाको रहेको छ भने लय अनि संगीत संयोजन राजु खड्काले गर्नु भएको छ । अभिनय एम. बि.गुरुङ, सन्जु लामा,माया थोकर र धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले गर्नु भएको छ । उक्त गितको छायांकन सुराज गोम्जा सम्पादक रोशन धितालले गर्नु भएको छ भने निर्देशन तथा कोरियोग्रफ एम.बि गुरुङ ले गरेका थिए । त्यस्तै गीत रेकर्डिङ डिजिटल काठमाडौ रेकर्ड दिपक बि.सि. र मिक्सिङ दिका गुरुङ को रहेको छ ।

गीतको मुख्य सन्देश भनेको तामाङहरुको कला संस्कृतिलाई सदैव जोगाइ राख्न बच्चै बालक देखि पुर्खा सम्म आफ्नै भाषा भेषभुषा रहन सहन रितिरिवाज जोगाइ राख्न पर्छ उमेर बैशा हुदैमा यसको संरक्षण गर्नु पर्छ नाचेर गाएर भएनी भन्ने मुल सन्देश दिइएको छ । साथै गायक तामाङ बताउनु हुन्छ “आसा छ बिगतका गित संगीतहरुलाई झै माया गरिदिनु हुनेमा बिश्वास लिएको र सम्पुर्ण टिमले निकै नै मिहिनेत गरेकोले उक्त गित र म्युजिक भिडियो राम्रो रहेको” बताउछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here