माधव नेपाल र उपेन्द्र यादव फकाउँदै प्रधानमन्त्री

काठमाडौं । भर्खरै प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारमा सहभगी गराउन प्रयास थालेका छन् ।
प्रधानमन्त्री प्रचण्डले र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग हात्तिबनस्थित एक नातेदारको घरमा भेटवार्ता गरेका छन् ।
भेटमा प्रधानमन्त्रीले नेपाल र यादवलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रचण्डनिकट स्रोतका अनुसार उनले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
बामलोकतान्त्रिक गबठन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रचण्ड प्रधानमन्त्री भएको भन्दै एकीकृत समाजवादी असन्तुष्ट छ । नेकपा एसको आइतबार बसेको पदाधीकारी बैठकले सरकारमा जाने नजाने बिषयमा ‘पर्ख र हेर’को निर्णय गरेको छ । छलपलमा अध्यक्ष नेपालले पचण्डलाई सोही कुरा दोहार्‍याएका थिए ।
जसपाले सरकारलाई समर्थन गरिसकेको छ । जसपाले संसदीय दलको नेता छनौट गरिनसकेकाले तत्काल सरकारमा सहभागी भएको छैन । छलफलमा उपेन्द्र यादवले पनि सरकारमा सहभागी हुन सकारात्मक देखिएका स्रोतले बतायो । उनले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिएका थिए ।
प्रचण्डले असन्तुष्ट पक्षलाई समेत समेटेर संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बामलोकतान्त्रिक गठबन्धन तोडेर नेकपा एमालेसहितका ६ दलको समर्थनमा यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन प्रचण्डले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
सरकारमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, नेकपा एमालेका विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री नियुक्त भएका छन् ।
यसैगरी एमालेकी ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र जनमत पार्टीका अब्दुल खान नियुक्त मन्त्री छन् । उनीहरुको मन्त्रालय तोकिएको छैन ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here