गुरु नानक देवका केही प्रेरक भनाइहरु

१. जो नामको स्तुति गर्दछन् ती सबैले शुभेच्छा प्राप्त गर्दछन् । हे प्रभु ! म यसै आशीर्वादको याचना गर्दछु कि मलाई पनि तिनको संसर्ग प्राप्त होस् । सौभाग्यको दृष्टि तिनैमाथि पर्दछ जसले संसारमा आलोक देखेको छ ।
 
२. जस्तो कर्म त्यस्तै फल, जस्तो बिउ त्यस्तै बाली । बाली त्यस्तो होस् ईश्वरको अनुसार नै हुन्छ आवागमन । 
 
३. सत्य प्राप्त गर्नका लागि एउटै मार्ग छ र त्यो हो ईश्वरको इच्छालाई नै आफ्नो इच्छा ठान्नु स्वयम्को कुनै इच्छा नराख । उनको इच्छामा नै आफ्नो अस्तित्व छ ।
 
४. हामीले यदि सद्गुरुका उपदेशलाई आचरणमा ल्यायौँ भने हामीभित्र अपार आध्यात्मिक सम्पत्ति प्राप्त हुन्छ ।
 
५. बादल उडिरहेछन्, आँधी चलिरहेको छ बाढीका कारण असंख्या लहर उठिरहेका छन् । यस्तोमै सद्गुरुलाई पुकार गर तिम्रो डुंगा डुब्ने कुनै डर हुने छैन ।
 
६. कमलको फूलझैँ तिमी मृत्यु लोकमा शुद्ध र निर्लिप्त रहू, आफ्नो शिर हिलोभन्दा माथि राख अथवा हंस झैँ रहू जो जलबाट आकाशसम्म उड्दा पनि आफ्ना प्वाँख भिज्न दिँदैन ।
 
साभार: ‘महापुरुषहरूका अमर वाणी’ पुस्तकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here