धादिङ महाेत्सवमा मगर परिकार सहितकाे स्टल रहने

धादिङ । पाैष ७ गते देखि १७ गते सम्म धादिङ उद्योग बाणिज्य संघकाे आयाेजनामा सञ्चालन हुने आठाै धादिङ महाेत्सवमा मगर परिकार सहितकाे स्टल रहने नेपाल मगर संघ धादिङका सचिवालय सदस्य राम आले मगरले जानकारी दिनुभयाे ।

मंसिर २८ गते नै स्टल बुकिङ गरि तयारी भएकाे स्टलमा लाेकल कालाे सङगुरकाे सेकुवा, सेल राेटी, तरूलकाे अचार, मासकाे बारा, आदि परिकारहरू रहने छ ।

बिशेषत मगर पहिरन , मगर परिकार र मगरहरूकाे संस्कृतिलाई आम जनसमुदायसम्म लैजानु नै यसकाे उद्वेश्य रहेकाे नेपाल मगर संघ धादिङका सचिव ईश्वर थापा मगरले बताउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here