इजरायलले थप हजार नेपाली कामदार केयरगिभर र कृषिमा लैजाँदै

काठमाडौं । इजरायलले पछिल्लो समय नेपालबाट विभिन्न क्षेत्रका लागि श्रमिक लैजाने चासो देखाउँदै आएको छ ।यसअघि केयरगिभरमा मात्र श्रमिक लैजाँदै आएकोमा त्यहाँका अन्य क्षेत्रमा पनि नेपाली लैजाने चासो देखाएको हो ।
इजरायलले तत्कालै कृषि तथा केयरगिभर क्षेत्रमा थप १ हजारभन्दा बढी नेपाली श्रमिक लैजाने प्रतिबद्धता जनाइसकेको छ ।यसअघि गएका १ हजार केयर गिभरबाहेक थप ५ सय र कृषि क्षेत्रमा ६ सय लैजाने भएको हो ।
बुधबार बैदेशिक रोजगार विभागमा इजरायली पक्षसँग भएको छलफलमा यसअघि छनोट भएर लट्रीमा नपरेका र नयाँलाई समेत छनोट गरे लैजाने गरी तयारी भएको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here