२५ जिल्लाका ४४ मतदान स्थलमा झडपका कारण मतदान स्थगित

काठमाडौ । प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न आइतबार देशभरि मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार दिउँसो पौने १ बजेसम्म देशभरि ३२ प्रतिशत मतदान भएको छ। केही स्थानमा भने झडप हुँदा समयमै मतदान सुरू हुन सकेको छैन।
नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेसम्ममा २५ जिल्लाका ४४ मतदान स्थलमा झडपका कारण मतदान स्थगित भएको छ।
’४४ स्थानमा मतदान स्थगित भए पनि ३१ स्थलमा पुन: सञ्चालन भइसकेको छ। १५ ठाउँमा हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिइएको छ,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भन ।

१३ मतदान स्थलमा भने मतदान सुरू हुन नसकेको प्रवक्ता राईले जानकारी दिए।
प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्।
मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here