नेपाली दर्शकले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न नपाउने सम्भावना प्रवल

काठमाडौं । कतारमा सुरु हुन लागेको फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप प्रसारण सम्बन्धी कार्यलाई यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएसँगै नेपाली दर्शकले हेर्न नपाउने सम्भावना बढेको हो ।
दालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न कात्तिक ३० गते छलफलका लागि बोलाएको बताइउको छ । मिडिया हबले विश्वकप प्रसारणको अन्तिम तयारी भइरहेका बेला आएको यस्तो आदेशले तयारी रोक्नुपर्ने अवस्था आएको बतायको छ ।
दर्शकसँग अतिरिक्त शुल्क लिन नपाउने दाबी गर्दै अदालतमा मुद्दा परे पनि वास्तविकता त्यस्तो नभएको मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले बताए ।
‘पे पर भ्यू’ मोडलमा हरेक दर्शकले ५ सय रुपैयाँ तिर्नुपर्ने गरी नयाँ च्यानलमार्फत् विश्वकप देखाउने तयारी हबले गरेको थियो । यसपटक नेपालभित्र कुनै पनि विदेशी च्यानलले कुनै पनि माध्यमबाट विश्वकप प्रसारण गर्न नपाउने गरी मिडिया हबले एक्सक्लुसिभ प्रसारण अधिकार लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here