बैंकको चर्को ब्याजदर बिरुद्ध धादिङका उद्योगी व्यवसायीहरुको बिरोध प्रदर्सन

धादिङ । धादिङका उद्योगी ब्यवसायीहरु बैंकको चर्को ब्याजदर बिरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
बुधबार जिल्ला सदरमुकाम धादिङ बेसिमा धादिङ उद्योग वाणिज्य संघ, निर्माण सामाग्री व्यवसायी संघ धादिङ र अधिकृत विक्रेता संघ धादिङको टोली सहित धादिङका उद्योगी तथा व्यवसायीहरु आन्दोलित भएका हुन् ।
बैंकहरुले बढाएको चर्को ब्याजदरको विरोधमा बुधबार धादिङबेशी स्थित पुछारबजारबाट र्याली सहित जिल्ला प्रशासन कार्यालय पुगेका उद्योगी तथा व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा चालूपूँजि ऐन २०७९ तुरुन्त स्थगित गरियोस्, एकल विन्दुमा ब्याजदर सीमित गरियोस्, कर्जा लगानी कम्तीमा एक वर्षपछि मात्रै ऋणिसँगको समझदारीमा ब्याजदर वृद्धि गरियोस्,बैंकले लिदै आएका सेवा शुल्क लगायतका मनोमानि शुल्क हटाईयोस् विगतमा मौद्रिक नीति मार्फत दिईदै आएका छूटहरु कायम गरियोस् भन्ने लगाएतकम मागहरु समावेश गरिएको छ ।

बैंक ब्याजदर वृद्धिका कारण उत्पादन लागतमा वृद्धि भएका साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको जनाएका छन् । उत्पादित सामानको मूल्य आकासीए र आम सर्वसाधारणको जिविकोपार्जन पनि कष्टकर हुँदै गएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here