बागमती प्रदेश भरिमा त्रिशुली अस्पताल पहिलो र धादिङ अस्पताल दोस्रो

धादिङ । आर्थिक बर्ष २०७८/७९को प्रदेश स्तरिय बार्षिक समिक्षामा तय गरेको बिभिन्न स्वास्थ्य सेवा सुचकहरुको आधारमा बागमती प्रदेश अन्तरर्गतको अस्पताल मध्ये ९१.५ अंक ल्याई त्रिशुली अस्पताल पहिलो, ८५.५ अंक ल्याई धादिङ अस्पताल दोस्रो र ८२ अंक ल्याई भक्तपुर अस्पताल तेस्रो हुन सफल भएको हो ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा चितवनको सौराहमा कात्तिक १३ देखि १७ गते सम्म भएको बागमती प्रदेश स्तरिय बार्षिक समिक्षा गोष्ठीको अवसरमा घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here