म्युजिक मस्तीद्वारा सञ्चालित तिहार विशेष कार्यक्रम सम्पन्न

पोखरा । Club House app मा म्युजिक मस्तीद्वारा संचालित तिहार , छठ पर्वको शुभकामना कार्यक्रम कार्तिक ५ गते सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता म्युजिक मस्तीका संयोजक बिनिता तिमिल्सिना(वर्षा)ले गर्नु भएको थियो भने मुक्तक मञ्च केन्द्रिय समितिको तर्फबाट किरण ढकाल , Music मस्तीका Admin सुरेश क्षेत्री , Leader लक्ष्मन पौडेल, लगायतका ब्यक्तिहरूले आतिथ्य ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा देश बिदेशमा रहनु हुने दिदीबहिनी दाजुभाइहरुले देउसी भैलो गीत गाएर रमाइलो गर्नु भएको थियो र सो देउसी भैलो गाएर रमाइलो गरे बापत दक्षिणा स्वरुप नेपाल भित्र रहनु हुने दिदीबहिनी दाजुभाइहरुलाई नगद रु ५ सयका दरले रिचार्ज गरिदिएको थियो भने दक्षिण कोरियाबाट केशव भट्टराईले रिचार्ज रकम प्रायोजन गर्नु भएको थियो । कार्यक्रम संयोजक बिनिता तिमिल्सिना (बर्षा)ले कार्यक्रममा सहभागीता जनाउनु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै कार्यक्रमको निरन्तरता दिने प्रतिबद्दता सगैँ प्रायोजक तथा यस कार्यक्रमलाई भब्य बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने Super , Prativa , निर्भिहान्सा, लगाएत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई बिशेष धन्यवाद प्रकट गर्नुभएको थियो । उक्त कार्यक्रम Music मस्तीकी Leader रिभर्सी क्षेत्रीले संचालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here