लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुबाट निधन

लमजुङ । डेंगु संक्रमणबाट लमजुङकी एक पत्रकारको निधन भएको छ।
लमजुङस्थित रेडियो भोटेओडारमा समाचार वाचिकाका रुपमा कार्यरत २२ वर्षीय पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट बुधबार मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए। 
उपचारका लागि चितवन लैजाने क्रममा बुधबार पत्रकार अधिकारीको बाटोमै मृत्यु भएको हो। उनी प्रेस सेन्टर लमजुङकी सचिवसमेत थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here