रुबीभ्यालीका अध्यक्ष र खनियाबासका उपाध्यक्षहरु फिन्ल्यान्डका बिशिस्ट ब्यक्तिहरु संग

धादिङ । नर्थ युरोपियन एकेडेमी फिन्ल्यान्डको निमन्त्रणामा रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङ, खनियावास गाउँपालिका उपाध्यक्ष सेकेमान तामाङ, खनियाबसका प्रबक्ता जेम्स अनारस र खनियाबासका प्रमुख प्रशासकिय अधिकृत बाल कृष्ण नेपाली यतिबेला फिन्ल्यान्डको भ्रमणमा हुनुहुन्छ ।

भ्रमण कै क्रममा आज फिन्ल्यान्ड स्थित Lahden Kansannopisto college को Principal Petri Pullinen र Karkola Municipality Mayor Markku Koskinen संग भेटघाट गरिएको अध्यक्ष रामसिङ तामाङले जानकारी गराउनु भयो भने भेटमा फिन्ल्यान्ड को शिक्षा प्रणालीसंगै स्थानिय लोकतन्त्रको अभ्यास र विकास निर्माणका गतिबिधिमा समसामयिक छलफल भएको बताउनु भयो ।

भ्रमणमा त्यस देशको स्थानीय शासन सञ्चालन, शिक्षा, स्वास्थ, आधुनिक प्रबिधि तथा आर्थिक ब्यबस्था लगायतका बिषय बस्तुमा अध्यन गर्नुको साथै जानकारी लिनु हुने उहाँको सचिवालयले होराईजन खबरलाई बताउनु भयो । साथै त्यस भ्रमणको सम्पूर्ण खर्च समेत नर्थ युरोपियन एकेडेमीले नै ब्यबस्थापन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here