मोतिगुफा युवा क्लब र अहिंसावादी युवा क्लब द्वारा आयोजित भलिबल खेल सम्पन्न

धादिङ । मोतिगुफा युवा क्लब तथा अहिंसावादी युवा क्लबको आयोजनामा भएको भलिबल खेल तथा बृहत सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

खेलमा अहिंसाबादी युवा क्लब प्रथम भएको छ भने सिगङ एकता समाज दोस्रो र अहिङ्साबादी युवा क्लब कै समूह बी दोस्रो हुन सफल भएको छ । खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमस रु ६० हजार, ३० हजार, १० हजार र ५ हजार नगद सहित सिल, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रममा खनियाबास गाउपालिका प्रमुख रण बहादुर तामाङको प्रमुख आतिथ्य एबं खनियाबास गाउँपालिका समाजसेवी युवा नेता फुल बहादुर मनाङ्थेनको विशेष आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here