सन्दीपलाई ५ दिन म्याद थप गरि अनुसन्धान गर्न अदालतकाे अनुमति

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेलाई अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न काठमाडाँै जिल्ला अदालतले म्याद थप गरेको छ ।
काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न आजबाट थप ५ दिनको म्याद थप गरेको हो ।
यसअघि २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो । अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो ।
सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो। पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here