बारमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, दर्जनौं बढी गम्भीर घाइते

बारा । बाराकाे अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा हालसम्म १२ जनाकाे मृत्यु भएकाे छ भने २० बढी गम्भीर घाइते छन् । मकवानपुरका ट्राफिक प्रहरी निरिक्षक मुनेन्द्र थापाले १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

मकवानपुरका एसपी बामदेव गौतमका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटाैंडा लगिएको छ । उनका अनुसार दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्ने देखिन्छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो । प्रारम्भिक निरिक्षणमा गाडी अत्यन्तै द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानी समेत परिरहेका कारण दुर्घटनामा परेको देखिएको उनले बताए ।
दुर्घटना भएको गाडी अवस्था ।

नारायणगढबाट पथलैयातर्फ आउँदै गरेकाे ०६-००१ ख ०११० नम्बरकाे बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका-२२ मा दुर्घटना भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here