चाडपर्वको सुरक्षा लक्षित जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोध

विजया दशमी‚ शुभ दिपावाली छठ लगायतका चाडपर्वहरु सभ्य र सुरक्षीत, मर्यादित एबं शान्ति पुर्बक रुपमा देहाय बंमोजिमका कार्य गरि चाडपर्वहरु सुब्यबस्थित एबं स्वास्थ सतर्कता सहित मनाउन सबैमा अनुरोध गर्दछौं ।

– आफ्नो घर र टोलमा शंकास्पद ब्यक्तिहरुको गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गरौँ ।
– छतमा चढेर यात्रा नगरौ । सडकको दाँया बायाँ जथाभावी पार्किङ नगरौ, ट्राफिक नियमको सधै पालना गरौ ।
-आफ्नो घर टोल छिमेकमा आपतकालीन साइरन र CCTV Camera जडान गरौ ।
-आफ्नो टोलमा तास, जुवा, नखेलौ/नखेलाऔ र खेल्ने ब्यक्तिहरु बारे प्रहरीलाई समयमै खबर गरौं ।
– सार्बजनिक स्थानमा धूम्रपान, मद्यपान, लागु औषध, नशालु पदार्थ सेवन नगरौ ।

– मादक पदार्थ सेवन गरेर कहिलै सवारी साधन नचलाऔ ।
– दसैं तिहारको लागि गाउँ जान लागेको जस्ता Caption उल्लेख गरि सामाजिक संजालमा पोस्ट नगरौ ।
-भिडभाड हुने सार्वजनिक तथा धार्मिक स्थानहरुमा जाँडा भड्किलो र महंगो गर-गहनाहश्र नलगाएर नजाउँ ।

सम्पर्क एबं थप जानकारीको लागि:
जिल्ला प्रहरी कार्यालय धादिङ
प्रहरी कन्ट्रोल १००
संचार शाखा ९८४१२८३४८०

नेपालीहरुको महान चाड वडा दशैऔ तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here