लापा कुकु सामुदायिक सिकाइ केन्द्र द्वारा आयोजित फुटबल प्रतियोगिता सम्पन्न

धादिङ । रुबीभ्याली ५ स्थित लापामा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

लापा कुकु सामुदायिक सिकाइ केन्द्रको आयोजनामा असोज १४ देखि सुरु भएको प्रतियोगितामा प्रथम घ्युब्राङ प्युचेट टोल, दोस्रो सायन टोल र तेस्रो पाचोपा टोल हुन सफल भएको छ ।

त्यस्तै प्रथम हुन सफल टिमले नगद रु २० हजार , द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार नगद सहित प्रमाणपत्र, ट्रपी र मेडल प्राप्त गरेका छन ।

साथै समापन कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष म्लङ्गे तामाङले गर्नु भएको थियो भने प्रमुख आतिथ्य खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप तामाङ, विशेष अतिथि नेकपा माओवादी केन्द्र प्रदेश सदस्य मिम्बा तामाङ, एबं अतिथिहरुमा रुबीभ्याली ५ का वडा अध्यक्ष रम्बा तामाङ, सोही वडाका पुर्ब वडा अध्यक्ष धिराज तामाङ लगायतका अतिथिहरु आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here