प्रथम पासाङ चोक वडा स्तरीय भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम हुने

धादिङ । गंगाजमुना २, तावल गाउँमा प्रथम पासाङ चोक वडा स्तरीय भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम हुने राजु तामाङले होराईजन खबरलाई बताउनु भयो ।

“राष्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद” भन्ने मुल नाराको साथ हिन्दु धर्मावलम्बीहरुको महान चाड बिजय दशमीको पावन अवसरमा पासाङ चोक स्पोर्ट्स क्लब द्वारा आयोजित उक्त भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार ३ सय ३३ रहेको छ भने दोस्रो २० हजार २ सय २२, तेस्रो १० हजार १ सय ११ र उत्कृष्ट खेलाडीलाई नगद रु २ हजार सहित सिल, मेडल र प्रमाणपत्रको समेत ब्यबस्था रहेको छ ।

भलिबल प्रतियोगिता संगै बृहत सांस्कृतिक कार्यक्रम हुने र मुख्य ४ दलका शिर्ष नेताहरुको समेत आतिथ्य रहने छ ।

बृस्तित जानकारीको लागि आयोजक द्वारा प्रकाशित सुचनामा हेर्न सकिने छ मा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here