धादिङ क्षेत्र नम्बर १ बाट रवि लामिछानेको पार्टीबाट चुनाव लड्दै हिमेश पन्त

धादिङ । कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त आगामी संसदीय चुनावमा प्रतिनिधिसभातर्फ उमेदवार बन्ने भएका छन् । 
पन्त रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उमेदवार बन्न लागेका हुन् । 

स्वतन्त्र पार्टीको तर्फबाट धादिङ क्षेत्र नम्बर १ मा आफू उमेदवार सिफारिस भएको हिमेशले जानकारी दिए । 
“पहिलेदेखि नै राजनीतिमा लाग्छु भन्ने सोच थियो,” हिमेशले भने, “पटक पटकको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको हुँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here