बोराङमा प्रथम पुरस्कार ७० हजार नगद राशिको चौथो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

धादिङ । रुबीभ्याली ४ मा रहेको शिङ्ला दिब्य बोराङ युवा क्लबको आयोजनामा चौथो खुला पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम एबं बिजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।
पुर्ब गृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा हुन लागीएको उक्त समारोहको भलिबल खेल अन्तर्गत प्रथम बिजेतालाई ७० हजार … ३८ हजार, तृतीय २३ हजार, सान्त्वना ९ हजार र उत्कृष्ट खेलाडीलाई २ हजार नगद पुरस्कार सहित शिल मेडल प्रमाणपत्रको समेत ब्यबस्था रहेको छ ।

कार्यक्रम उद्घाटन असोज २१ गते हुने छ भने सहभागी हुन चाहने टिमले ४ हजार ५ रुपैया नगद सहित असोज १६ गते देखि २१ गते सम्म टिम दर्ता गरि सक्नु पर्ने छ ।

थप जानकारीको लागि आयोजक द्वारा प्रकाशित सूचना हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here