भ्रामक समाचार प्रति नुवाकोट बिदुर १३ का वडा अध्यक्ष द्वारा खण्डन: पुष्टि गर्न चुनौती

नुवाकोट बाट प्रकाशित इमेज साप्ताहिक पत्रीकामा मिति २०७९ असोज १० गते बर्ष १६ अंक १ मा प्रकाशित “१३ नम्बरको भत्ता मेयरको घरमा” भन्ने शिर्षकको समाचार प्रति वडा कार्यालय द्वारा ध्यानाकर्षण भएको, उल्लेखित विवरण स्पस्ट नभएको र गलत एबं भ्रामक भएको भन्दै समाचार प्रती खण्डन गर्दै वडा कार्यालयले एक बिज्ञप्ती निकालेको छ ।

बिज्ञप्ती मा भनिएको छ, उक्त समाचारमा गलत तथ्य समेत उल्लेख गरिएकोमा खण्डन गर्दै २०७७/७८ सम्म प्रभु बैंकबाट यस बिनपा १३ को सामाजिक सुरक्षा भत्ता बितरण हुँदै आएकोमा यद्यपि उक्त बैंकको कार्य राम्रो हुँदा हुँदै तत्कालीन नगरको नेतृत्वले आईसिएफसी फाइनान्स बाट सुरक्षा भत्ता बितरण सुरु गरिएको बताइएको छ ।

उक्त फाइनान्स संग सम्झौता भएको पहिरो चरण मात्रै वडामा आएको र त्यस पछि लाभग्राही (वृद्ध, अपांग, एकल महिला) स्वयम् फाइनान्सको शाखा कार्यालय त्रिशुली बजार मा  भत्ता बुज्नु पर्ने बाध्यता सिर्जना भएको  र सेवाग्राही प्रती फाइनान्सका कर्मचारीहरु गैरजिम्मेवार भएको भन्दै ब्यापक जनगुनासो आए पछि तत्कालीन वडाका अध्यक्ष दल बहादुर तामाङ र हालको वडा अध्यक्ष भरत तामाङले उक्त फाइनान्सलाई पटक पटक वडा मै आई भत्ता बितरण गर्न अनुरोध गर्दा वडा मै आई भत्ता बितरण गर्न नसकिने फाइनान्सले लिखित जानकारी गराएको बिज्ञप्ती उल्लेख छ ।

त्यस्तै अन्य थुप्रै बित्तीय संस्थाहरुलाई वडा मै आई भत्ता बितरण गर्न भनिए पनि भौगोलिक रुपमा टाढा र ठुलो वडा भएको भन्दै भत्ता बितरण गर्न नसकिने जनाए पछि अन्त्यमा बट्टार बजार स्थित लुम्बिनी बिकास बैंकले वडा मै आई भत्ता बितरण गर्ने सम्झौता गरिएको बिज्ञप्ती उल्लेख गरिएको छ ।

सामाजिक सुरक्षा भत्ताको लापग्राही ९९६ जना असोज ९ गते २ बजे सम्म १ जनाको पनि खाता नखोलिएको भन्ने कपोकल्पित र भ्रम फैलाउने उदेश्य बाट ग्रसित भै प्रकाशित भएको बताइएको छ । वडामा हाल सम्म ८३८ जना मात्रै लाभग्राही भएको र लुम्बिनी बिकास बैंकले असोज ९ गते सम्म करिब एक तिहाइ लाभग्राहीको वडा कार्यालय मै खाता खोलि भत्ता बितरण कार्य समेत सम्पन्न भएको जानकारी गरिएको छ ।

साथै उक्त भत्ता बितरण कार्य र खाता खोल्ने कार्य निरन्तर  असोज ११ र १२ गते सम्म रहेको समेत जानकारी गराइएको छ ।

त्यस्तै, उक्त समाचारमा नगर प्रमुख र वडा अध्यक्षलाई निराधार लान्छना र चरीत्र हत्या गर्ने उदेश्य देखिएकोले उक्त आरोपको प्रमाण सहित पुष्टि गर्न बिदुर १३ का वडा कार्यालयले चुनौती दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here