मिस मुस्ताङ बनिन् खुस्बु ज्वाहारचन

जोमसोम । थाक खेलकुद तथा च्याम्पियनसिप रनिङशिल्ड प्रतियोगिता–२०७९ अन्तर्गत भएको मिस मुस्ताङ विधामा घरपझोङ गाउँपालिका–२ मार्फाकी खुस्बु ज्वाहारचन विजयी भएकी छन् । आज भएको ‘मिस मुस्ताङ’ ग्रायण्ड फेनालेमा निर्णायक कञ्चन भुजेल र मिस मुस्ताङ २०१९ की विजेता मेलिना थकालीले मार्फाकी ज्वाहारचनलाई मिस मुस्ताङ घोषित गरेका हुन् ।
२०२७ सालदेखि स्थापना भएको गौरवमय थाक खेलकुद तथा च्याम्पियनसिप प्रतियोगिता समग्र मुस्ताङकै महत्वपूर्ण खेलकुद प्रतियोगिता हो । मिस मुस्ताङ प्रतियोगिताको माध्यमबाट यहाँका महिलाहरुको समुत्थान र विकास गर्दै मुस्ताङको पहिचानलाई उचाइमा लैजान यो प्रतियोगिताले महत्वपूर्ण योगदान गर्दै आएको छ ।

मुस्ताङको जोमसोमदेखि घाँसासम्मका दुई स्थानीय तहका कुल ८ वटा क्लवका प्रतिस्पर्धीबीच भएको मिस मुस्ताङ प्रतियोगिता–२०७९ को फस्ट रनरअप जनहित क्लव जोमसोमकी सपना राई भएकी छिन् भने सेकेन्ड रनरअफ सिक्स सोल्टिज क्लव घाँसाकी निशा मगर भइन् । घाँसाकी मगरले मिस ट्यालेन्टको उपाधि समेत जितेकी छन् ।
ताक्लुङ आधारभुत विद्यालयको प्राङ्गणमा भएको प्रतियोगिताको समारोहमा खुस्बु ज्वाहारचनलाई पूर्व मिस मुस्ताङ मेलिना थकालीले क्राउन लगाइदिएकी थिइन् । फस्ट र सेकेन्ड रनरअफलाई निर्णायक कञ्चन भुजेलले फस्ट र सेकेन्डको क्राउन लगाइदिइन् । २०७९ का विजेता ज्वाहारचनसहित फस्ट र सेकेन्ड रनरअफलाई संस्थाका अध्यक्ष चन्द्रमोहन गौचनले पुष्पगुच्छा प्रदान गरी बधाइ दिएका थिए ।
यो सँगै घोषित मिस मुस्ताङलाई विभिन्न अवसरहरुको मार्ग प्रसस्त गर्न संस्थाले निरन्तर पहल गर्ने अध्यक्ष गौचनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here