खनियाबासमा “प्रथम सहिद छेज्यु तामाङ १० किलोमिटर खुल्ला दौड प्रतियोगिता” हुने

धादिङ । खनियाबास गाउँपालिका वडा न. ५ मा “प्रथम सहिद छेज्यु तामाङ १० किलोमिटर खुल्ला दौड प्रतियोगिता” हुने भएको छ । हिन्दुहरुको बडा चाड बिजय दशमीको पावन अवसरमा “Better Health, Better Wealth” अर्थात स्वास्थको लागि खेल रास्ट्रको लागि खेल भन्ने मुल नाराको साथ खनियाबास गाउँपालिकाको सहयोग तथा गोन्पोङ समाजको आयोजनामा उक्त पुरुष खुल्ला दौड प्रतियोगिता हुन लागिएको हो ।

त्यस्तै प्रथम हुनेलाई नगद रु १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो लाई ५ हजार नगद सहित प्रमाणपत्र र सम्पुर्णलाई निशुल्क जर्सी समेत बितरण गरिने आयोजक समितिले बताए । खनियाबास गाउँपालिका वडा न. ५ को बछला खेल मैदान, वालागाङमा हुन लागिएको पालिका स्तरीय प्रतियोगिता पालिका भित्रका इच्छुक पुरुष खेलाडीहरुले सहभागी हुन पाउने छन भने खेल असोज १६ गते हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here