निर्वाचन आयोगले तोक्यो निर्वाचन अधिकृत, धादिङको कृष्ण कुमार कार्की: सुची सहित

काठमाडौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । सूचना जारी गर्दै आयोगले नियुक्त भएका निर्वाचन मुख्य अधिकृत र अधिकृतलाई अभिमुखीकरण तालिमको कार्यक्रम राखेको छ । 
आयोगद्वारा जारी सूचनामा नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको व्यवस्था गरिएको बताइएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ ।

अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची दर्ता भइसकेको छ भने  प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ ।
आजदेखि आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि अस्थाई मतदाता नामावली संकलन गर्ने कार्य प्रारम्भ भएको जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here