काठमाडौँमा अब कपाल काट्दा २०० रुपैयाँ तिर्नुपर्ने: मूल्यसूचीसहित

काठमाडौ । नेपाल नाई संघले काठमाडौँ उपत्यकामा कपाल काटेबापतको सेवा शुल्क बढाएको छ।  संघले काठमाडौँ उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रुपैयाँ तोकेको छ। यसअघि १५० रुपैयाँ रहेकोमा ५०  रुपैयाँ शुल्क बढाइएको हो।
नयाँ शुल्क अनुसार दाह्री काटेको  १२० देखि १५० रुपैयाँ निर्धारण गरिएको छ। टाउको मसाजको २०० रुपैयाँ, स्याम्पु गरेको १२० देखि १५० रुपैयाँ शुल्क तोकिएको छ। यसैगरी, फेस ब्लीच गरेको ७०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्म तथा फेसियल गर्दा एक हजार रुपैयाँ देखि २ हजार रुपैयाँदेखि लाग्ने भएको छ।

फेसवासको ४०० रुपैयाँदेखि ६०० रुपैयाँ पर्न जान्छ भने कपाल कालो कलर गरेको ५०० देखि ६५० रुपैयाँ र थ्रेडिङ्ग गरेको १२० रुपैयाँबाट सुरु भएर १५० रुपैयाँसम्म लिइने मूल्यसूचीमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here